• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओरालो लाग्यो सुनको मूल्य, सातामा कतिले घट्यो

    4K
    SHARES


    काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा उक्त रकमले मूल्य घटेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम थियो ।

    यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।

    यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेर १ लाख ११ हजार पुगेको थियो । यस्तै, मंगलबार तोलामा १०० रुपैयाँले बढेको मूल्य बुधबार पुनः ओरालो लागेको थियो ।

    यस्तै, विहीबार तोलामा ३ सय र शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै घटेको महासंघले जानकारी दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ