• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    दुई सातामै फेरियो अन्डरलाइनको नाम, चलाखी गर्दै ओली-प्रचण्डले जुराए यस्तो छ नयाँ नाम

    19K
    SHARES

    काठमाडौं, १६ जेठ । 

    नाम जुधेपछि नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनको नाम दुई सातामै परिवर्तन भएको छ ।

    एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनको पछाडि अब (नेकपा) पनि झुण्डिने भएको छ ।निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ता छ

    नेपाल कम्युनिष्ट पार्टी नामक पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भएका कारण नेपाल कम्युनिष्ट पार्टीका पछाडि (नेकपा) थपेर चलाखीपूर्वक पार्टी दर्ता गर्न लागिएको अण्डरलाइन स्रोतले जनाएको छ । अब पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुनेछ । यसअघि नामको पछाडि नेकपा राखिएको थिएन ।

    तत्कालिन एमाले र माओवादी केन्द्र एकता भएर जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन बनेको थियो । नयाँ पार्टीको दर्ता प्रक्रिया तत्कालै सक्न नेताहरु सुवास नेम्बाङ र देव गुरुङलाई जिम्मा दिइएको छ।

    पार्टीको नाम अण्डरलाइन राखेपछि आफ्नै नेता कार्यकर्ताहरुले समेत आलोचना गरेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ