• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो नेकपा अण्डरलाइन संसदीय दलको बैठक, गर्‍यो यस्ता महत्वपूर्ण निर्णय

    15K
    SHARES

    काठमाडौं, १६ जेठ । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । नेकपा संसदीय दलको बुधबार बसेको बैठकले नेम्वाङलाई दलको उपनेता चयन गरेको हो । पूर्वसभामुख नेम्वाङ यसअघि तत्कालिन एमालेको पनि उपनेता थिए ।

    बैठकले नेकपाको प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएका छन् । गुरुङ यसअघि तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए । एमालेका तत्कालिन प्रमुख सचेतक खगराज अधिकारी भने बिदा भएका छन् ।

    यसैगरी, सचेतकमा शान्ता चौधरी चयन भएकी छिन् । उनी यसअघि पनि सचेतक थिइन् । संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङ, गुरुङ र चौधरीको नाम प्रस्ताव गरेका थिए । जुन सर्वसम्मतिले पारित भएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाएका छन् ।
    प्रधानमन्त्री ओलीले देउवाप्रति लक्षित गर्दै केही भन्ने ठाउँ नभएपछि बजेटलाई ‘हावादारी’ भनिएको दावी समेत गरे ।

    बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ भएको भन्दै देउवाप्रति व्यंग समेत गरे ।

    प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि सुशासन र समृद्धिको अभियानमा सहभागी हुन आह्वान गरे । उनले बैचारिक भिन्नता देखाउने तर भ्रष्टाचारको मामलामा उस्तै देखिने राजनीतिक विचारधाराको कुनै अर्थ नहुने भन्दै सचेत पनि गराए ।

    प्रधानमन्त्री ओलीले शिक्षालाई विकास र उत्पादनसँग जोड्ने सरकारको योजना रहेको पनि बताए । यनले गुणस्तरीय शिक्षा दिने काममा जिम्मेवारी बोधका साथ अघि बढन शिक्षकहरुलाई पनि सचेत गराए ।

    प्रधानमन्त्री ओलीले एक वर्ष भित्र मुलुकबाट निरक्षरता उन्मुलन गर्ने दावी पनि गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ