काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताइन् ।
बिहीवार गृह मन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौँको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी डंगोलले नागरिकले असुरक्षित महशुस गरिरहेको बताइन् ।
उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको पनि बताइन । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् ।
अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिकामा सिसि क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् ।
उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढीरहेको पनि हुनले बताएकी छन् ।
यस्तै, बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले उत्पादन बढाउन तथा वस्तु विविधिकरण परियोजना निर्माण तथा सञ्चालन गर्न ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
लगानी थप्ने विषयमा लगानी बोर्ड र डाबरबीच परियोजना समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र डाबरका बिजनेस हेड हरकिरत सिंहले एमओयुमा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया