• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फुड स्टोरमा प्रहरीको छापा, ४ जना पक्राउ

    496
    SHARES


    काठमाडौँ । चन्द्रागिरि नगरपालिका-१४ स्थित ढुंगेअड्डामा सञ्चालित ‘एसियन फुड स्टोर’मा प्रहरीले छापा मारेको छ ।

    आर्किड कोलोनीमा रहेको स्टोरमा छापा मारेर म्याद गुज्रिएको हरियो केराउ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीलेबताएका छन् ।

    म्याद गुज्रिएको केराउ ‘रि-लेबलिङ’ गरेको आरोपमा प्रहरीले केराउको कारोबार गर्ने मध्येका रितेश अग्रवालसहित ४ जनालाई पक्राउ गरेको हो ।

    क्यानडामा उत्पादन भएको भनेर आरोपीहरूले म्याद गुज्रिएको हरियो केराउ रि प्याकिङ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

    केराउ कारोबारी मध्येका रोहित अग्रवाल भने फरार रहेका छन् । कारोबारीहरूले रि-लेबलिङ गरेर २ सय ४० बोरा केराउ बजारमा पठाउन लागेको भेटिएको छ । स्टोरमा करिब ४५ लाखको म्याद नाघेको केराउ फेला परेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया