• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सभामुखको अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता

    370
    SHARES


    काठमाडौँ । सांसदहरुले सभामुखको अधिकार कटौतीसम्बन्धी राखेको प्रस्ताव प्रतिनिधिसभा बैठकमा फिर्ता लिएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त्त नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलमा संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका सांसदहरुले संशोधन फिर्ता लिएका हुन ।

    सभामुखले सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरुलाई फिर्ता लिने समय दिएका थिए ।

    प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदामाथि सत्तारुढ दलका सांसदहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुखले काम गर्नेबारे व्यवस्था गर्ने सम्बन्धी संशोधन दर्ता गराएका थिए ।

    यस्तै, आजकै प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली बहुमतले पारित गरेको हो ।

    १० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो । उक्त समितले ६ फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरेको थियो ।

    प्रतिवेदनउपर सैद्धान्तिक छलफल सकिएपछि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमाथि छलफल सकिएपछि प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो ।

    नियमावली तुरुन्तै लागू हुने व्यवस्था छ । यो सँगै अब संसदीय विषयगत समिति गठन गर्ने बाटो खुला भएको छ । पारित नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया