• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उद्धारका हेलिकोप्टरमा घुम्छन् कर्मचारी, बिरामी मारमा

    608
    SHARES


    सुर्खेत । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् । बिरामी उद्धारदेखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्लास्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन् ।

    जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीहरुको हेलिकोप्टरमा हालिमुहाली हुँदा पीडित अन्यायमा परेका छन भने राज्य माथि आर्थिक भार थपिन पुगेको छ ।

    पर्यटकलाई उद्धारदेखि सुत्केरी उद्धारसम्मका कामहरुमा हेलिकोप्टर लिँदा कर्मचारीहरु घुम्न सोही हेलिकोप्टरमा जाँदा बढी महंगो हुने गरेको पीडितको भनाइ रहेको छ । जनताले लगानीमा उडाएको हेलिकोप्टरमा कर्मचारीको रजाइँ हुदा हेलिकोप्टरको उडान समय बढी हुने गरेको छ ।

    कर्मचारीका कारण समय बढी लाग्दा खर्च पनि बढी आउने आउँदा आफूहरु मर्कामा परेको उपल्लो डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकाका खाम्पा छुल्डीम गुरुङले बताएका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्ध, शे फोक्सुण्डोमा हेलिकोप्टर उडाउन शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले दिने गर्दछ भने छार्काताङसोङ , ठूलिभेरी ,त्रिपुरासुन्दरी लगाएतका क्षेत्रमा हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालयले दिने गर्दछ ।

    निकुन्ज एरिया भित्र हेलिकोप्टर उडाउँदा निकुन्ज भित्रको सेनालाई लिएर उडान भर्नुपर्ने भए पनि त्यसमा समेत अन्य कर्मचारी कै हालिमुहाली हुने गरेको छ । विपद तथा समस्यामा परेका सर्वसाधारणले लिने हेलिकोप्टरमा कर्मचारीले घुम्न खोज्दा खर्चसमेत बढी आउँदा स्थानीयवासीहरु आर्थिक मारमा परेका छन् ।

    डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आफूसम्म केही गुनासो आएको बताए । अब आउने हेलिकोप्टरमा आफूले समन्वय गरेर कसैलाई पनि मर्का नपर्ने गरी काम गर्ने उनको भनाइ छ ।

    यत्ता निकुन्जका प्रमुख लालबहादुर भण्डारीले निकुन्जले कुनै असहयोग नगरेको पताएका छन् । निकुन्ज क्षेत्रभित्र हेलिकोप्टर लिँदा सुरक्षाकर्मी लिनुपर्ने भएपनि अहिलेसम्म त्यो काम हुन नसकेको हुनको गुनासो छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया