काठमाडौँ। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।
आज सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षा हुने सम्भावना रेहको छ ।
सुदूरपश्चिम र कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।
सोमबार भने कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया