• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    उपनिर्वाचनको तयारीका लागि कांग्रेसले बोलायो बैठक

    452
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

    पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । उनका अनसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने भएको छ ।

    बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने आजको बैठकले निर्णय लिने छ । कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनको तयारीका लागि भने आजको बैठकले केही नेताहरुललाई बैठकले जिम्मेवारी दिने भानिएको छ ।

    बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने भएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा ३ मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन । बैठकमा पार्टीले पाएको थप ४ मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया