रामेछाप। रामेछापको खाँडादेवि गाउँपालिका-१ डाँडागाउँमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।
खाँडादेवी गाउँपालिका-२ दिमीपोखरीबाट काठमाण्डौका लागि छुटेकाे बा १६ च ३२२५ नम्बरकाे जीप खाँडादेवि-१ डाँडागाउँमा दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा बाेलेराे चालक खाँडादेवि गाउँपालिका-७ का ३३ वर्षका कालुमान तामाङको घटनास्थलमै ज्यान गएकाे छ ।
यस्तै, खाँडादेवि गाउँपालिका-७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र उनका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उनकी छोरी ७ वर्षकी कुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र अर्का एक जना जापानी नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएकाे छ भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको लुघुघाट प्रहरी चौकीका इञ्चार्ज रामकृष्ठ श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया