• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सडकमा खेलिरहेका ५ बर्षीय सरगमको बसको ठक्करबाट मृत्यु

    1K
    SHARES


    काठमाण्डाै। बझाङमा बसको ठक्करबाट ३  वर्षीय एक बालकको ज्यान गएको छ ।

    आज दिउँसो बसले ठक्कर दिँदा सुर्मा गाउँपालिका-३ का धनबहादुर बोहराका छोरा सरगम बोहराको ज्यान गएको हो ।

    जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरकाे बसले ठक्कर दिएकाे थियाे ।

    बसकाे ठक्करबाट गम्भीर घाइते भएका बालकको जिल्ला अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

    उनका अनुसार बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका-५ का गणेश बोहरालाई नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ ।

    पीडित परिवार तथा आफन्तले बसचालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया