• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    घाेडाघाेडी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका प्रेम सहकारी बिजयी

    7.2K
    SHARES


    धनगढी। घाेडाघाेडी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम बहादुर सहकारी बिजयी भएका छन् । माओवादी केन्द्र निकट बिद्यार्थी संगठनका तर्फबाट उम्मेदवार रहेका सहकारी ४९८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

    कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका १ सुखडस्थित उक्त क्याम्पसमा ३ राजनीतिक पार्टी निकट संगठन र एक जना स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा सहकारीले निकटतम प्रतिद्वन्दीलाई दाेब्बर भन्दा बढी मतान्तरले पछि पार्दै बिजय हात पारेका छन्।

    उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार बिनाेद चाैधरीले २६७ मत प्राप्त गरेका छन्, त्यस्तै एमाले निकट अनेरास्ववियुका कपिल सापकोटाले २०६ मत प्राप्त गरेका छन् भने नेविसंघका बिन्द्रा कुमारी जैसीले १८७ मत प्राप्त गरेकी थिइन् ।

    दुइ हजार दुइ सय सतचालिस कुल मतदाता सङ्ख्या रहेकाे उक्त क्याम्पसमा तेह्र सय छयानब्बे मत खसेको थियो । यस्तै सचिवमा हुकुम आचार्य ४९८ मत प्राप्त गर्दै बिजयी भएका छन् ।

    यस्तै उता सुखडस्थित राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी)का सुन्दर गौतम विजयी भएका छन। गाैतमले १५३ मत प्राप्त गरेर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेविसंघका कर्णबिर कठायतले १११ मत ल्याएका छ्न।

    यस्तै सचिवमा अखिल क्रान्तिकारीकै सम्झाना चौधरी १२९ मतले बिजजी भएकी छन्, कोषाध्यक्षमा नेविसंघकी निशा चाैधरी १४० मतले विजयी भएकी छन।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया