• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    स्वर्णिम र रमेशलाई घण्टी चिन्हको ‘ब्याज’ लगाएर रास्वपामा स्वागत, यस्तो भन्छन् रमेश खरेल

    1.8K
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेस परित्याग गरेका डा.स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह भएको ब्याज लगाएर स्वागत गरिएको छ ।

    शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले ब्याज लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् । वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नभएको बताएका छन् । शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा आउनुपरेको उल्लेख गरे ।

    उनले भने-‘अहिले नेपाल आमा रोइरहेकी छिन् । यस्तो बेला एक ठाउँमा उभिएन भने केही गर्न सकिँदैन । देशमा अहिले सुशासनको खाँचो छ । देशको विषम परिस्थितिमा देशमा सुशासन कायम गर्न, देशका दाजुभाइलाई हौसला प्रदान गर्न र नेपाल आमालाई हँसाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।’

    अहिले राष्ट्रमा भएको सिन्डिकेटलाई तोड्न र यो देशको समृद्धिका लागि अब फरक काेर्षमा अघि बढ्न आवश्यक रहेको उनले बताए । उनले अहिले भइरहेको सिन्डिकेट र भागबन्डालाई तोड्न सकिएन भने कसैको भविष्य सुरक्षित नभएको उल्लेख गरे । उनले अहिले युवाहरू विदेश जान बाध्य भएर काठको बाकसमा आउनुपर्ने विवशता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्न आवश्यक रहेको बताए ।

    खरेलले देशलाई जोगाउनका लागि आगामी दिनको योजना बनाउनका लागि अघि बढ्नुपर्ने अवस्था रहेको र नेपाललाई विदेशीको क्रिडास्थल बनाउन नदिनका लागि सबै एकजुट हुनुपर्ने अवस्था आएको बताए ।

    उनले भने, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ । तर अब हामीसँग अलमलिने छुट छैन । हामी अलमलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनुपर्छ । देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ ।

    हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको छैन ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया