तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं.९ रानिपानी स्थित पाखो बारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
लम्जुङ मध्य नेपाल नगरपालिका वडा नं.३ टक्सार घर भएकी ३२ वर्षीय अप्सरा नेपाली मृत फेला परेकी हुन् । शौच गर्न जान्छु भन्दै हिँडेकी नेपाली लामो समयसम्म नआएपछि हेर्दा बेहोस भई लडेको भेटिएकी थिइन् ।
उनलाई उठाएर माथि ल्याई हेर्दा उनको मृत्यु भएको थियो । उक्त घटना सम्बन्धमा आवस्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
उता तनहुँको भानु नगरपालिका वडा नं. २ भकुन्थोकस्थित डुम्रे बेशिसहर सडक खण्ड जोड्ने भित्री सडक खण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
भकुन्थोकबाट बेशिसहर तर्फ मल लोड गरी जाँदै गरेको बा ०३-००१ त २२६ न.को ट्याक्टरको इन्जिन र ट्रली जोइने भाग भाँचेर दुर्घटना हुँदा ट्याक्टरमा सवार तनहुँको भानु नगरपालिका वडा नं. २ बस्ने ४० वर्षीय ईश्वर अधिकारी १७ वर्षीय एक किसोर समीर अधिकारी र ३९ वर्षीय दीपक नेपाली सख्त घाइते भएका थिए ।
घाइतेहरू मध्ये अधिकारीको उपचारको क्रममा बिहान पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया