काठमाडौं । खोलामा नुहाउँने क्रममा अछाममा भगवान् शिवको कलात्मक मूर्ति र शिवलिंग भेटिएपछि स्थानिय खुसी भएका छन् ।
जिल्लाको कमलबजार नगरपालिका-५ स्थित सातजडा त्रिवेणीमा नुहाउने बेला पानीभित्र बालुवा मुनि शिव पार्वतीको तामा पित्तलको मूर्ति र शिवलिंग फेला परेपछि स्थानिय खुसी भएका हुन् ।
फेला परेको मूर्ति र शिवलिंग करिब २ वर्ष फेला पार्ने व्यक्ति दल बहादुर साउँदले आफ्नै घरमा राख्नुभएको थियो । पछि स्थानिय व्याक्तिको सुचनाका आधारमा पुरातत्त्व विभागले अनुसन्धानको लागि लगेको थियो ।
उसले अहिले प्रक्रिया पुर्याएर कमलवजार नगरपालिकाको कार्यालयमा सुरक्षित बुझाएको छ । कमलवजार नगरपालिका र पञ्चदेवल नगरपालिकाको बिच ठाउँमा फेला परेकोले २ पालिकाले समन्वय गरेर छिटोभन्दा छिटो मन्दिर निर्माण गरेर मूर्ति र शिवलिंग व्यवस्थापन गर्न स्थानिएको माग छ ।
एक जनाबाट यो काम सम्भव नभएकाले सबैले यसमा आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन शिक्षक नारायणप्रसाद तिमिल्सैनाको आग्रह छ । यस कार्यमा मेरो सक्रियता पहिलेदेखि नै थियो र अझै जारी रहने छउनले भने, तर एक जनाबाट यो असम्भव रहेको छ, सबैले यसमा पहल गरिदिउँन् । त्रिवेणी आसपासमा यसअघि पनि विभिन्न समयमा भगवान् शिवसँग सम्बन्धित सामग्रीहरु फेला पर्ने गरेका स्थानियले बताएका छन् ।
यस्तै, फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् ।
सगरमाथा आरोही स्व.बाबुछीरी शेर्पाको सम्झनाममा क्लबले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरूलाई सम्मान गरिएको थियो ।
वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् ।
देशभरका फोटो पत्रकारहरूको साझा सस्था राष्ट्रिय फोटोत्रकार समूह एनएफपिजे नेपालका वन्त हाल अध्यक्ष समेत छन् । भने उनी फोटो पत्रकारिता तथा फोटोग्राफी तालिम प्रशिक्षकको रुपमा पनि काम गरी रहेका छन् । राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्री प्रचण्डको स्वकीय फोटोग्राफरका रूपमा कार्यरत रहेका छन् ।
प्रतिक्रिया