• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपराष्ट्रपति यादव आज बारा जाँदै

    328
    SHARES


    काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादव जीतपुर सिमरा गोल्ड कपको समापन कार्यक्रममा सहभागी हुन बाराजा जादै छन् ।

    नव जनजागृति युवा क्लबद्वारा आयोजित जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण चैत्र ६ गते देखि १८ गतेसम्म निर्माणाधीन सिमरा रंगशालामा सञ्चालन भइरहेको छ ।

    उपराष्ट्रपति यादव गोल्ड कप समापन समारोहमा सहभागी हुन बारा जान लागेको आयोजक संस्थाले जनाएको छ ।

    यो जीतपुर सिमरा गोल्ड कप मधेश प्रदेशमा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरू मध्ये महत्वपूर्ण प्रतियोगिता हो ।

    विगतका संस्करणहरूको उद्घाटन तथा समापन समारोह पनि राष्ट्रका प्रतिष्ठित व्यक्तित्वहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आयोजक क्लबले जनाएको छ ।

    यस्तै, सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो आश्वासन दिएका हुन् ।

    उनले मिटरब्याज पीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताए । उनले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय आयोग ‘र्‍यापिड एक्शन पोस्ट’ सरह काम गर्नेगरी अघि बढाइने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया