• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    आईपीएलमा गुजरातको शानदार सुरुवात

    1K
    SHARES


    काठमाडौँ। नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाइटन्सलेसुखद सुरुवात गरेको छ ।

    शुक्रबार राति भएको उदघाटन खेलमा गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

    १ सय ७९ रनको लक्ष्य गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो भने गुजरातलाई जित दिलाउन शुवमन गिलले ३६ बलमा सर्वाधिक ६३ रनको योगदान गरे ।

    विजय शंकरले २७ रन बनाए । चेन्नईका लागि राजवर्धन हंगारगेकरले सर्वाधिक ३ विकेट हात पारेका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

    चेन्नईका लागि रुतुराज गाइक्वाडले ५० बलमा सर्वाधिक ९२ रन जोड्दा पनि त्यो जितका लागि पर्याप्त भएन । उता, स्पेनिस क्लब बार्सिलोनाले लियोनल मेस्सीलाई क्लब फर्काउने प्रक्रिया सुरु गरेको छ ।

    बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीलाई क्लब फर्काउन आफुहरुले उनीसँग सम्पर्कमा रहेको बताएका छन् ।

    ‘लियो र उनको परिवारलाई थाहा छ कि म उनीहरूप्रतिको स्नेह गर्छु,’ युस्टेले भने, ‘मेस्सीलाई थाहा छ हामी उहाँको कत्ति कदर गर्छौं। उहाँ फर्केर आउनु भएकोमा म मन पराउँछु। हामी पक्कै पनि उहाँहरूसँग सम्पर्कमा छौं।’

    अर्जेन्टिनाका ३५ वर्षीय फरवार्ड ७ सय ७८ खेलमा ६ सय ७२ गोलसहित बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । तर, उनले २०२१ मा आर्थिक कारणले नोउ क्याम्प छोडेका थिए।

    बार्सिलोना छाडेपछि मेस्सीले पीएसजीसँग २ वर्षको सम्झौता गरेका थिए । पीएसजीसँग मेस्सीको सम्झौता यसै समरमा सकिदैछ ।

    गत डिसेम्बरमा अर्जेन्टिनालाई विश्वकप दिलाएका मेस्सीले पीएसजीका लागि ६६ खेलमा २९ गोल गरिसकेका छन् । मेस्सीले हालै आफ्नो १०० औं अन्तर्राष्ट्रिय गोल र करियरको ८०० औं गोल गरिसकेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया