• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई

    704
    SHARES


    ललितपुर । एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी-२० प्रतियोगिता २०७९ को उपाधि हात पारेको छ ।

    बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

    एपीएफले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय रन बनाउन सक्यो ।

    कोशीका लागि रुविना चौधरीले ३५ रन तथा लतिका राजवंशीले २१ रनको योगदान दिइन् । एपीएफकी विनु बुढामगरले २ तथा रेखा रावलले एक विकेट लिइन् ।

    यसअघि पहिलो ब्याटिङ गरेको एपीएफले १ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले नटआउट रहँदै ७९ रन बनाइन् भने इन्दु वर्माले नटआउट रहेरै ५१ रनको योगदान दिइन् ।

    कोशीका लागि एक मात्र विकेट अलिसा खड्काले लिइन् । एपीएफले लगातार तेस्रोपटक यो उपाधि जितेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया