काठमाडौँ । प्रेमिका भेट्न हुम्ला पुगेर बेपत्ता भएका रुकुम पूर्वका संसार घर्तिमगरको शव ४ महिनापछि खोलामा भेटिएको छ । गत मंसिर ६ गते आफ्नी प्रेमीका भेट्न हुम्ला पुगेका संसार घर्ती मगरको शव करीव ४ महिनापछि खोलामा भेटिएको हो ।
घटनास्थलबाट करीव २ सय मीटर तल नदीको बीचमा अड्किएको अवस्थामा २ जना माझीहरुले चैत्र १२ गते देखे पश्चात उक्त मृत शरीरको पहिचानकोलागि संसार घर्ती मगरका आमा, मामा, दाइ र साथी महेश खड्का करीव ४ दिनको पैदल यात्रा पश्चात आज त्यहाँ पुगी शवको पहिचान गरेका हुन् ।
संगम रोका मगरका अनुसार अहिले शवको पोष्टमार्टमको लागि सदरमुकाम सिमिकोट लगिदै छ । संसार घर्ती मगरकी प्रेमिका लगायत ४ जना जिल्ला कारागारमा पुर्पक्षमा राखिएका छन् ।
उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष रहेका छन् । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी-प्रेमीका रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
प्रतिक्रिया