• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    म्यानमारको सैनिक सरकारद्वारा सुकीको पार्टी खारेज

    713
    SHARES


    काठमाडौँ। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ ।

    सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ ।

    सैनिक सरकारले निर्वाचन आयोगमा दर्ता हुन दिएको समयमा दर्ता नभएको भन्दै म्यानमारको निर्वाचन आयोगले ती दलहरू खारेज गरिदिएको बताइएको छ ।

    सन् २०२१ मा म्यानमारमा सेनाले नागरिक सरकार अपदस्त गर्दै सत्ता हातमा लिएको थियो । त्यसअघि सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले नै संसदमा बहुमत ल्याएको थियो ।

    सेनाले उक्त चुनावमा धाँधली भएको भन्दै कू गरेको थियो । राजनीतिक दलहरूलाई दर्ता हुन आह्वान गरे पनि सेनाले चुनावको मिति तोकेको छैन ।

    विभिन्न मुद्दा लगाइएकी ७७ वर्षीया सुकीलाई ३३ वर्ष जेल सजाय सुनाइएको छ भने सुकीको दलले भने सैनिक सरकारले गर्ने अवैधानिक चुनावमा आफूले भाग नलिने बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया