सप्तरी । सप्तरीको रुपनीस्थित पिपराहीमा रहेको जेएसआर इँटा भट्टाको पर्खाल भत्किँदा १ भारतीय मजदुरको ज्यान गएको छ ।
अरु २ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिम रहेका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मृतककी श्रीमती मुजिना र भारत पश्चिम बंगालकै जहरुल हक रहेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताएका छन् ।
मजदुरहरूले इँट्टा निकाल्ने क्रममा भट्टाको पूर्व पट्टीको पर्खाल भत्किएको थियो । पर्खालले थिचेका अजिमलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिए पनि अस्पतालले अस्पताल आउनु अघि नै उनको मृत्यु भएको बताएको हो । घाइते दुवैको उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया