काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण चाहिएकाले २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन् । विघटनबाटै शुद्धीकरणको अभियान सुरु गरेको उनको दाबी रहेको छ ।
‘मिसन ग्रासरुट’ अभियान अन्तरगत मंगलबार पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मुख्य शुद्धीकरण अभियान त हामीले अगाडि नै सुरु गर्यौँ । २०७७ साल पुस ५ गते म आफै प्रधानमन्त्री भएको प्रतिनिधि सभा किन विघटन गर्नुपर्यो ? भन्दा एउटा महान् शुद्धीकरण देशलाई चाहिएको थियो ।’
आफ्नै सरकार चल्न नदिने, भ्रष्टाचार गर्न दिएन भनेर रोइकराई गर्ने, प्रतिक्रियावादीलाई सरकार बुझाउनुपर्छ भनेर खुलेआम प्लिट गर्ने गरेकाले आफु त्यो निर्णयमा पुगेको उनले बताएका छन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा–२ मा पार्टीको उम्मेदवारको रूपमा अध्यक्ष उपेन्द्र यादवको नाम टुंगो लगाउंदै छ । यसका लागि बुधबार बारा क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गर्न लागेको हो ।
सो पार्टीका नेता योगेन्द्रराय यादवले क्षेत्रीय कमिटीले बुधबार आधिकारिक निर्णय गर्न लागेको जानकारी गराएका छन् । सोही निर्णयको आधारमा पार्टीको माथिल्लो निकायले आधिकारिकता दिने बताइएको छ ।
बैठकमा यादवको नाममा सर्वसम्मति हुने दाबी गर्दै उनले त्यस अघिसम्म भने बैठकको निर्णयलाई कुर्नुपर्ने बताएका हुन् ।
जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि बारा क्षेत्र नम्बर २ खाली भएको छ । त्यो क्षेत्रका लागि बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । सप्तरी-२ बाट पराजित भएका यादवले संसदमा प्रवेशकै रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएको टिप्पणी भइरहेको छ ।
बारा २ मा यादव उम्मेदवार हुने चर्चापछि पार्टीका अरू कुनै नेताले दाबी गरेका छौनन् । बारा २ का लागि यसअघि अन्य नेताहरूले पनि दाबी गरेका थिए ।
तर यस पटक उपेन्द्र यादवको अगाडि आएपछि कसैले पनि दाबी प्रस्तुत गरेका छैनन् । भएका थिए । शिवचन्द्र कुशवाहाले फेरि चुनाव लड्ने बताउँदै पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया