• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मिटरब्याज पीडितले सरकारसँग वार्ता गर्ने

    416
    SHARES


    काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् ।

    मंगलबार(आज) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताएका छन् ।

    आन्दोलनको संयोजन गरिरहेको सन्तोष दाहालकाअनुसार अब सरकारी वार्ता टोलीसँग वार्ता गर्ने तयारी गरिएको छ । ‘सरकारले गरेको निर्णय हामीले भर्खरै सुन्यौं । हामी आन्दोलन रोक्दैनौं तर, वार्ता गछौं’ दाहालले भने । सरकारले बनाएको बार्ता टोलीसँग वार्ता गर्नका लागि समिति बनाउने गरी छलफल थालेको पनि उनले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया