• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १५ जना घाइते

    399
    SHARES


    विराटनगर । विराटनगरमा प्रहरी र पहिचानवादीको झडपमा कम्तीमा १५ जना घाइते भएका छन् ।

    विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

    आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि त्यहाँ तबव बढेर झडप भएको हो ।

    एसपी दीपक पाेखरेलका अनुसार झडपमा ३ जना सशस्त्र प्रहरी तथा ३ जना नेपाल प्रहरीका जवान घाइते भएका छन् भने आन्दोलनकारी तर्फ पनि ९ जना घाइते भएका छन् ।

    आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन् ।

    झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

    आन्दोलनकारीले प्रहरीमाथि ढु‌ंगामुढा गरेका थिए र झडपपछि आन्दोलनकारी फर्किएका छन् भने अहिले त्यहाँको स्थिति पनि सामान्य रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया