• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रवि लामिछाने पुगे मिटरब्याज पीडितको धर्नामा, समस्या समाधानको पहल गर्ने प्रतिबद्धता

    632
    SHARES


    काठमाडौँ ।  मिटरब्याज पीडितको धर्ना कार्यक्रममा  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन् ।

    बालुवाटारमा आज बिहानैदेखि मिटरब्याज पीडित धर्ना बसेका छन् । सो धर्ना कार्यक्रममा पुगेका लामिछानेले समस्या समाधानको पहल गर्ने बताए ।

    म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ ।

    त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु । लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताएका छन् ।

    साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन सक्ने अवस्था नरेहेको पनि उनको भनाइ छ । उनीहरूको माग सम्बोधन गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो ।

    यस्तै, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् । सोमबार साँझ आमा प्रतिभा राणासहित उनी भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन ।

    मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी हुन् ।

    नियमित स्वास्थ जाँचका लागि नयाँ दिल्ली गए र उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने पनि बुझिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया