• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    १ वर्षपछि चीन फर्किए अलिबाबाका संस्थापक ज्याक मा

    0.9K
    SHARES


    काठमाडौँ। लामो समयदेखि सर्वसाधारणबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।

    साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका हुन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा भएकाे पत्रिकाकाे दाबी छ ।

    साउथ चाइना मर्निङ पाेस्ट ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ । ५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए। त्यसयता उनी विरलै सार्वजनिक रूपमा देखा परेका थिए ।

    ज्याक मा प्राविधिक उद्यमीहरू विरुद्धको अभियानपछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अरबपति थिए ।

    समाचारमा उनी केही समय हङकङमा बसेको र त्यहाँ भएको अन्तर्राष्ट्रिय आर्ट फेस्टिभलहरूमा पनि सहभागी भएको उल्लेख गरिएको छ ।

    ज्याक मा कुनै समय चीनका सबैभन्दा धनी व्यक्ति थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया