• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई

    684
    SHARES


    बुटवल । मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकपको २२ औं संस्करणको उपाधि हात पारेको छ ।

    शनिबार बुटवल एन्फा टेक्निकल सेन्टरमा सुदूरपश्चिम ११ लाई सडन डेथमा हराउँदै मनाङले सिजनको दोस्रो उपाधि हात पारेको हो ।

    निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो ।

    उपाधिसँगै मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम ११ ले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

    खेलको ५९ औं मिनेटमा कोफी टिमोटेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । सुदूरपश्चिम ११ का फागुराम थारुले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    सडन डेथमा सुदूरका दिपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङले उपाधि चुमेको हो । मनाङले यसअघि मकवानपुर गोल्डकपको उपाधि जितेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया