• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    वीरगञ्ज यूनाइटेड क्वाटर फाइनलमा पुग्न सफल

    615
    SHARES


    काठमाडौँ। वीरगञ्ज युवा क्लव १३ औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा पुगेको छ ।

    बागमती युवा क्लबलाई ३-० ले हराउँदै वीरगञ्ज यूनाइटेड क्लबले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

    वीरगञ्जको जीतमा विवेक चौधरीले २  कृपा चौधरीले १ गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोस्रो हाफमा वीरगञ्ज अगडिया रहेको थियो ।

    बागमतीविरुद्ध खेलको ५४ औं मिनेटमा विवेक चौधरीले अग्रता लिए । १-० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले ५६ औं मिनेटमा अग्रता दोब्बर पारे ।

    खेलको ८४ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगञ्जलाई ३-० को फराकिलो अग्रता दिलाएका हुन् । वीरगञ्जको जीतमा २ गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि पाएका छन् ।

    प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाइनल खेलमा शनिबार केबिए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया