• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एपीएफकाे लगातार दाेस्राे जित, काेशीकाे विजयी सुरुवात

    708
    SHARES


    काठमाण्डाै । ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लब लगातार दाेस्राे जित हातपार्न सफल भएको छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे ।

    एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे ।

    सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय २१ रन बनायाे ।

    एपीएफका लागि सीता रानामगरले नटआउट ५२ र इन्दु बर्माले ४५ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी विष्टले १ विकेट लिइन् ।

    याे जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम २ अङ्कसहित तेस्राे स्थानमा छ ।

    आजै भएकाे अर्काे खेलमा ललितपुर मेयर्स-११ लाई हराउँदै काेशी प्रदेशले प्रतियाेगितामा विजयी सुरुवात गरेकाे छ । काेशीले ललितपुरलाई ७ विकेटले हराएको हो ।

    ललितपुरले दिएकाे ६६ रनकाे सामान्य लक्ष्य काेशीले १२ ओभरमा ३ विकेट गुमाएर ४८ बलअघि नै भेटायाे । काेशीका लागि अप्सरी बेगमले २९ रन बनाइन् । बलिङतर्फ ललितपुरकी अस्मिना कर्माचार्यले २ विकेट लिइन् ।

    याे जितसँगै काेशी २ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा रहन सफल भएको छ भने अङ्कविहीन ललितपुर चाैथाे स्थानमा छ ।

    तेस्राे संस्करणकाे प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स-११ सहित सुदूरपश्चिम, सशस्त्र प्रहरीकाे एपीएफ क्लब, मधेस प्रदेश, कोशी प्रदेश गरी ५ वटा टिमकाे सहभागिता रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया