• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    किरण जोशि बनिन् सुदूरपश्चिमकै पहिलो महिला सीडिओ

    6.6K
    SHARES


    काठमाडौँ। गृह मन्त्रालयले दार्चुलामा नयाँ सीडीओ पठाएको छ।

    गृह मन्त्रालयल दार्चुलाको नयाँ सीडिओमा किरण जोशीलाई पठाएको हो । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुलामा सरुवा गरेर पठाएको हो ।

    जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ पनि बनेकि छिन । जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्ने पहिलो महिला बनेकी छन् ।

    बैतडीमा जन्मीएकी जोशीले यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकि छिन् । जोशीले जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकि छन् ।

    जोशिले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखेकि छन् । हालसम्म खरिदार,उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको उनले बताईन् । निजामति सेवामै रहेका उनका श्रीमान सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेखेको जोशिले बताएकी छन्  ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया