• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    खुम्बुमा सडक खन्ने क्रममा २४ वर्षीय शेर्पाको खुट्टा चुँडियो

    675
    SHARES


    सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ थामडाँडामा सडक खन्ने क्रममा आएको पहिरोमा पुरिएर एक कामदार गम्भीर घाईते भएका छन् ।

    घाईते हुनेमा ओखलढुंगाको खिजिफलाटेका २४ वर्षीय पेम्बा नुरी शेर्पा रहेको वडाध्यक्ष फुनुरु शेर्पाले बताएका छन् ।

    उनका अनुसार थामडाँडा हुँदै लुक्ला जोड्ने सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिदा पेम्बा नुरीको देब्रे खुट्टा नै चुँडिएको भने शरिरको अन्य भागमा पनि चोट लागेको छ ।

    उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याइएको छ ।

    थामडाँडा हुँदै गाउँपालिका केन्द्र लुक्ला जोड्ने सडक खन्ने क्रममा विस्फोटक पदार्थ पड्काएर काम गर्दै गर्दा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया