• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रविलाई राहदानी प्रकरणमा सफाई दिनु राजनीतिक सौदावाजी : राष्ट्रिय जनमोर्चा

    0.9K
    SHARES


    काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राहदानी प्रकरणमा रास्वपपा अध्यक्ष रवि लामिछानेलाई सफाइ दिएकोमा बिरोध र भर्त्सना गरेको छ ।

    जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि निजलाई सफाइ दिएकोमा भर्त्सना गरेका हुन् ।

    ‘रवि लामिछानेले अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन’, केसीले भनेका छन्, ‘नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ ।’

    उनले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उनीमाथि कानुनतः मुद्दा चल्नुपर्ने बताएका छन् । ‘तर रवि लामिछानेलाई सफाइ दिने कार्य भयो ।

    सफाइ दिनुका पछाडि कुनै कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो । रवि लामिछानेको पार्टीबाट विश्वासको मत प्राप्त गर्न नै प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई दबाब दिएर उनलाई सफाइ दिने निर्णय गरेका हुन्, जुन सरासर गलत छ’, जनमोर्चाले भनेको छ ।

    राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको घोर विरोध तथा भर्त्सना गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको जनमोर्चाको दावी रहेको छ ।

    ‘त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा थाहा हुँदा हुँदै पनि सरकारले विश्वासको मत लिनका लागि उनीप्रति अपनाएको नीति भर्त्सनायोग्य छ’, जनमोर्चाको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया