• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    हाम्रो धन्दा सरकार बनाउने र भत्काउने मात्र भयो : चित्रबहादुर केसी

    481
    SHARES


    काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेका सांसदहरूको धन्दा सरकार बनाउने र भत्काउने भएको बताए ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मागेको विश्वासको मत माथिको प्रस्तावको छलफलमा बोल्दै केसीले सांसदहरूको खेती सरकार बनाउने र भत्काउने भएपछि जनताले के सोचिरहेका होलान् भन्दै प्रश्न गरेका हुन् ।

    दलहरूको व्यवहारका कारण गणतन्त्रलगायतका उपलब्धी खतरामा परेको केसीको भनाइए छ  । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पनि बताए ।

    दुई महिनाअघि उनले प्रचण्डलाई विश्वासको मत दिएका थिएनन् । ‘त्यतिबेला अरू सबैले दिँदा पनि हामीले दिएका थिएनौं । यसपालि उहाँ पुरानै गठबन्धनमा फर्किनुभएको छ,’ केसीले भने,‘यसपालि उहाँलाई विश्वासको मत दिन्छौं ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया