• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश १

    मुख्यमन्त्री कार्की सवार गाडी तोडफोडको प्रयास

    844
    SHARES


    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।

    प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका- ११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको ज्ञाइएको छ । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।

    आइतबार विराटनगरमा करिब ५ हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।

    चैत ४ गतेयता ओखलढुंगा रहेका मुख्यमन्त्री कार्की सोमबार सिद्धिचरण नगरपालिका- २ मा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा सिद्धिचरण नगरपालिका ११ मिलन चोकमा भेला भएका प्रदर्शनकारीले सवारी रोकेर तोडफोडको प्रयास गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया