• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकापछि स्वीट्जरल्याण्डको बैंकमा समस्या

    759
    SHARES


    काठमाडौँ । स्वीजरल्याण्डको क्रेडिट स्वीस बैंकमा समस्या आएपछि युरोपका अन्य देशमा सञ्चालित बैंकहरुको सेयर मूल्यमा समेत गिरावट आउन थालेको छ ।

    बेलायती समाचार संस्था बीबीसीका अनुसार स्वीजरल्याण्डको बैंकमा समस्या आएपछि युरोपका अन्य बैंकहरुको सेयर मूल्य समेत घट्न थालेको हो ।

    गत सातामात्रै विश्वको आर्थिक महाशक्ति अमेरिकामा २ वटा बैंक टाट पल्टेका थिए । त्यसलगत्तै स्वीट्जरल्याण्डको क्रेडिट स्वीस बैंकमा आर्थिक समस्या आएको थियो ।

    लगत्तै सोही बैंकको प्रतिस्पर्धी बैंक युनियन बैंक अफ स्वीजरल्याण्ड (यूएसबी)ले किनेको थियो । यूएसबीले क्रेडिट स्वीसलाई ३ बिलियन अमेरिकी डलरमा किनेको बीबीसीले उल्लेख गरेको छ ।

    यो अमेरिकाको सिलिकन भ्याली बैंकपछि सबैभन्दा ठूलो बैंकिङ फेल्यूर भएको बताइएको छ । यससँगै, हङकङको हङसेङ इन्डेक्स ३ प्रतिशत र जापानको निक्की १ प्रतिशतले घटेको छ ।

    क्रेडिट स्वीस बैंक स्वीजरल्याण्डको दोस्रो सबैभन्दा ठूलो बैंक हो । आर्थिक रुपमा सम्पन्न स्वीजरल्याण्डको दोस्रो ठूलो बैंक नै समस्यामा परेपछि विश्वभर विभिन्न अड्कलबाजी सुरु भएको छ ।

    यससँगै, सन् २००८ मा विश्वभर छाएको आर्थिक मन्दीलाई सम्झन थालिएको छ । उक्त समयमा विश्वमा अहिलेसम्मकै सबैभन्दा डरलाग्दो आर्थिक मन्दीका रुपमा सम्झिइन्छ ।

    जुन, यतिबेला उक्त रेकर्ड तोड्ने अड्कलबाजी सुरु भएको छ । स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले क्रेडिट स्वीस बैंकको ‘टेकओभर’ वित्तीय समस्या आउन नदिनका लागि गरिएको उत्कृष्ट सम्झौता भनेको छ ।

    स्वीजरल्याण्डको बैंक डुबेसँगै लण्डन स्टक एक्सचेञ्ज १.६ प्रतिशतले घटेको छ । लण्डनका सबैजसो बैंकका सेयर मूल्य घटेको छ ।

    क्रेडिट स्वीस बैंककै बजार मूल्य शुक्रबारसम्म ८ बिलियन अमेरिकी डलर थियो । जबकी, यूएसबीले किन्दासम्म बजार मूल्य घटेर ३ बिलियन हाराहारीमा आइसकेको थियो । एजेन्सीको सहयोगमा

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया