• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यो गठबन्धन ५ वर्षसम्म टिक्छ : माधव नेपाल

    502
    SHARES


    काठमाडौँ । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै समाजावादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जानेबताएका छन् ।

    नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि यो गठबन्धन पाँचै वर्ष जाने बताए ।

    ‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा आशंका गर्न सकिन्छ । तर यो गठबन्धन ५ वर्ष जान्छ । एकतावद्ध भएर जान्छ’, नेता नेपालको भनाइ छ । उनले नेपालको राजनीति तरल अवस्थामा रहेको भन्दै मानिसहरुले सरकार यति छिटोछिटो गठन पुर्नगठन हुन्छ भन्ने मानिसहरुले नसोचेका बताए ।

    ‘म पनि अन्यौलमा परेको छु । पहिला प्रचण्ड प्रधानमन्त्री रहेको अवस्थामा प्रमुख घटकलाई घोक्रायाएर निकालियो भन्ने सुनियो । अर्कोतिर आफै निक्लनुपर्यो भन्ने पनि सुनेँ म आफै अलमलमा परेँ’, नेता नेपालले भने, ‘बरु यो विषय कुनै विश्वविद्यालयमा अनुसन्धान गर्नेलाई खोजी गर्न दिनुपर्छ कि ? आत्मसमीक्षाको विषय पनि बन्नुपर्छ ।’

    उनले नेपाली राजनीतिमा अरुलाई दोषारोपण गर्ने परिपाटी रहेको भन्दै गल्ती स्वीकार्ने र सुधार्ने नगरी अरुलाई दोषारोपण गर्ने प्रवृत्ति कायम राख्ने हो भने कहिल्यै पनि सही दिशामा जान नसक्ने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया