• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अस्पतालमा उपचाररत बिरामी खोलामा मृत भेटिए

    2.7K
    SHARES


    जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् ।

    तातोपानी गाउँपालिका- ५, लाम्राका ७३ वर्षीय लल्लु सार्की ६ दिनदेखि प्रतिष्ठानमा उपचार गराइरहेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतबार राति साढे १२ बजेको समयमा उनी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएको जानकारी प्राप्त भएको छ ।

    अस्पताल बाहिर निस्केर उनी लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बुढामगरले बताए ।

    बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले खोजतलासका लागि प्रहरीको टोली परिचालन गरेको थियो । बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किनुमा अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् ।

    यद्यपि, लल्लु अस्पताल बाहिर निस्केको उनकै कुरुवा बसेकी श्रीमतीले समेत थाहा नपाइएको जनाएकी छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया