काठमाडौँ । पोखरामा बाल यौन दुरुपयोगको मुद्दामा एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
आइतबार १४ वर्षकी बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले घटनाको बारेमा जानकारी लिएको थियो ।
पीडित पक्षबाट बालयौन दुरुपयोग शिर्षकमा जाहेरी दिएपछि यौन दुर्व्यवहार गरेको आरोपमा बालकलाई नियन्त्रणमा लिएको जिल्ला डिएसपी श्रवणकुमार विकले बताएका छन् ।
ती बालकलाई जिल्ला अदालतबाट म्याद थप गरी आवस्यक अनुसन्धन कार्य अगाडि बढाइएको जनाएको छ ।
यस्तै, पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन् ।
पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए ।
न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया