• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    अस्ट्रेलियासँगकाे दोस्रो एकदिवसीय क्रिकेटमा भारतको लज्जास्पद हार

    568
    SHARES


    काठमाण्डाै । अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ ।

    विशाखापट्टनममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हरायो । भारतले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो ।

    अस्ट्रेलियाका लागि मिचेल मार्सले ६६ र ट्रेभिस हेडले ५१ रन बनाए । मार्सले ६ छक्का र ६ चौका प्रहार गरे । योसँगै अस्ट्रेलिया २ पटकसम्म भारतलाई १० विकेटले हराउने पहिलो टिम बनेको छ ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा १ सय १७ रनमा अलआउट भयो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ र अक्षर पटेलले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ तथा सीन एबोटले ३ र नाथन इलिसले २ विकट लिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ