• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सकियो थापाथली क्याम्पसको मतदान, १ घण्टामै नतिजा आउने

    380
    SHARES


    काठमाडौँ । काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसको मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान करिब ४ बजेतिर सकिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।

    अखिल क्रान्तिकारीबाट चुनावी कमाण्डरको रुपमा खटिएका एमसीले एक घण्टामै मत परिणाम आउने दाबी गरे ।

    ‘अहिले भर्खरै मतदान सकियो । यो क्याम्पसमा विद्युतीय मतदान भएकाले एक घण्टामै नतिजा आउँछ’, एमसीले भने,‘अहिले सर्वदलीय बैठक बस्दै छ । बैठक सकिए लगत्तै मतगणना सुरु हुन्छ  ।’ कुल विद्यार्थी मतदाता १ हजार ७ सय ३४ मतमध्ये १ हजार ५ सय ५० मत खसेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ