News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

विराटनगरमा भएको प्रदर्शनमा २ प्रहरीसहित प्रदर्शनकारी घाइते

179
SHARES


विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा आइतबार विराटनगरमा भएको प्रदर्शनमा २ प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले बताएका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर पनि गरेको थियो ।

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरे । उनीहरुले प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोसणा गरिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया