• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    १ सय ६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध

    322
    SHARES


    काठमाडौँ । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत देशभरका १ सय ६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ ।

    जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।

    त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४सय ४८ वटा रहेकामा २ सय ८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १ सय वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन ।

    पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या १ सय १४ रहेको स्रोतले जनाएको छ ।

    आज विभिन्न २ सय १७ क्याम्पसमा चुनाव भएका छ ।  कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२ क्याम्पसमा मतदान भइरहेको छ ।

    यस्तै सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार हुने भएको छ । यस्तै उपत्यकामा २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।

    उता, सोटी बनुमुखी क्याम्पस डोटीको स्वियु निर्वाचन भने स्थगित भएको छ । मतदान भैरहेका बेलामा केहि अराजक तत्वहरु मतदान केन्द्रमा प्रवेश गरी मतपेटिका लगाएतका अन्य सामग्री तोडफोड गरेकाले मतादान स्थगीत भएको जनाइएको छ ।   

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ