• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

    212
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    आइतवार (आज)संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक लेखकले नेपालको संविधानको धारा १ सय को (२) बमोजिम नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा रहने स्पष्ट पारेका हुन् ।

    उनले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताएका छन् । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन् ।

    लेखकले भने, ‘कार्य सम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहेको छ ।

    प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप कांग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’ आजै कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको थियो ।

    बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन गरेको छ ।

    यस्तै, त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान चलिरहेको छ । बिहान ८ बजेदेखि नै काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्याम्पसमा मतदान सुरु भएको हो ।

    रत्नराज्य क्याम्पस (आरआर क्याम्पस)सहितका केही क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसमा मतदान भैरहेको छ । मतदान दिउँसो ४ बजेसकिने छ ।

    स्ववियु चुनाव भइरहेका क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ