News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

इक्वेडरमा शक्तिशाली भूकम्प, दर्जनौँ मानिसको मृत्यु, पराकम्पले उद्धार समस्या

156
SHARES


काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब १ दर्जन मानिसको मृत्यु भएको छ ।

भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

बालाओ सहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने घरहरूमा क्षति पुगेको छ । पराकम्प आइरहेकोले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया