काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा वर्षा भइरहेको जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशका पहाडी तथा तराईका केही भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी केही दिन जारी रहने छ ।
प्रतिक्रिया