काठमाडौँ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार (आज) बिहान ८ बजेदेखि ४ बजेसम्म हुँदै छ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जानकारी दिएको हो ।
लामो समयदेखिरोकिएको स्ववियुको निर्वाचन चैत ५ गते (आज)का लागि तोकिएको थियो । त्यसअनुसार २ वटा आंगिक क्याम्पसहरू र सयौं सम्बन्धन प्राप्त कलेज-क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु गठन भइसकेको छ ।
बाँकी रहेका अधिकांस क्याम्पसहरूमा निर्वाचन गरी कार्यसमितिका पदाधिकारी र सदस्यहरू छनौट गरिदै छ ।
प्रतिक्रिया