अछाम । अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।
शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिका माथि जबर्जस्ती करणी भएको हो ।
करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक युवकलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।
घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन ।
यस्तै, अछामकै मेल्लेख गाउँपालिकामा चट्याङ लागेर एकजना घाइते भएका छन् ।
मेल्लेख गाउँपालिका वडा न. ६ षोडशादेवी स्थित बाहुनीगाउँका बिष्णु प्रसाद भट्टराई लगायत अरु आफन्तका ९ वटा बाख्रा आज चट्याङ लागेर मृत्यु भएका र बाख्रा हेर्ने गोठालो घाइते भएका छन्।
प्रतिक्रिया