News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

गाडीको ठक्करबाट ७५ वर्षीया चन्द्रमायाको मृत्यु

166
SHARES


काठमाडौँ। काठमाडौंको तिलगंगामा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकमा ना.३ ख ६०६४ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

उक्त गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई सिनामंगलमा डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

उता, पछिल्लो समय मूल्यवृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ ।

उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यवृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो । हरेक वस्तुमा मूल्यवृद्धि हुँदा समेत राज्य मौन रहेको भन्दै उनीहरूले जनता नै जागरूक हुनुपर्ने बेला आएको बताएका छन् ।

धर्नामा सहभागीहरूले ‘दोहोरो कर प्रणाली खारेज गर’, ‘बजार अनुगमन कतै देख्न पाइँदैन’, ‘विचौलियाको सिण्डिकेट चाहिँदैन’, ‘अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले बजारमा हाबी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया