News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

कोहिस्तानमा घरमा आगलागी, एकै परिवारका १० जानाको मृत्यु

164
SHARES


काठमाडौँ। पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो । कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको एक प्रशासनिक जिल्ला हो ।

द न्युज इन्टरनेशनलका अनुसार शुक्रबार बिहान करिब ४ बजे मोहम्मद नवाबको थुप्रै कोठा भएको काठको घर र सो घरको छेउमा रहेको गोठबाट आगो सल्किएको बताइएको छ । स्थानीयवासीले घटनास्थलमा पुगेर भग्नावशेषबाट पुरिएका मानिसहरूलाई निकालेर स्वास्थ्य चौकीमा लगेको प्रत्यक्षदर्शी रज्जाक राजाले पत्रकारहरूलाई बताएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा पर्नेहरूमा मोहम्मद नवाबकी श्रीमती छब्बर बिबी, उनकी आमा जाहिदा बिबी र पाँच छोरी २० वर्षीया लिली नवाब, १८ वर्षीया समरियान बिबी, १६ वर्षीया समिना बिबी, १२ वर्षीया बिबी सानो, १९ वर्षीया अलिना बिबी र तीन छोरा छन् ।

त्यसैगरी आगलागीमा जलेर ५ वर्षीय मुनीर नवाब, ९ वर्षीय मुजिब नवाब र २ वर्षीय अजिज नवाबको मृत्यु भएको छ । घटनापछि आक्रोशित परिवारका सदस्य र स्थानीयवासीले समयमै घटनास्थल नपुगेको भन्दै उद्धारक निकाय ११२ लाई कारबाही गर्न माग गर्दै काराकोरम राजमार्ग घण्टौँसम्म अवरुद्ध गरेका थिए ।

डेपुटी कमिश्नर मोहम्मद रफिकले उनीहरूसँग कुरा गरेपछि शोक सन्तप्त परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेपछि उनीहरू शान्तिपूर्ण रूपमा तितरबितर भएको न्युज इन्टरनेसनलले जनाएको छ ।

कार्यवाहक मुख्यमन्त्री मुहम्मद आजम खानले सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्रीले घटनामा घाइते भएकाहरूलाई उपचारको उचित व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया