काठमाडौँ । अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ ।
सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएको अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए ।
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार-इ-शरीफ शहरको प्रहरी जिल्ला ५, ६ र ८ मा छापा मारिएको अधिकारीले जनाएका छन् ।
प्रवक्ता मुजाहिदले कारबाहीमा मारिएका आईएस लडाकुहरूको सङ्ख्या भने खुलाएका छैनन् । कारबाहीका क्रममा एक सुरक्षाकर्मी समेत घाइते भएको उनले बताए । कारबाहीका क्रममा सुरक्षाकर्मीले हातहतियार र गोली समेत बरामद गरेको छ ।
उता, दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७ सय ६६ पुगेको जनाएको छ ।
‘पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको’, एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ ।
सङ्क्रमितहरू मध्ये ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन् । सरकारले सबै जनतालाई आफ्ना बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।
दादुरा सङ्क्रममीतमा उच्च ज्वरो, खोकी, आँखा रातो हुने र सिगान बग्ने लगायतका लक्षणहरु देखापर्ने गर्दछन् ।
प्रतिक्रिया